असार २७, २०८२ शुक्रबार July 11, 2025

सोमालियामा अल सेबाबका सत्र विद्रोही मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमालियामा यहाँको सेनाले गरेको कहारबाहीमा परेर कम्तीमा पनि १७ जना सशस्त्र लडाकूहरुको ज्यान गएको छ । यहाँका सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाका विभिन्न दुई प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका १७ जना लडाकू मारिएका हुन् ।

यहाँको हिरान भन्ने स्थानमा सोमालियको राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा र सो क्षेत्रको केही पर रहेको नमाम भन्ने नगरमा भएको अर्काे एक कारबाहीमा परेर १७ जना विद्रोही मारिएका हुन् ।

ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा यहाँको सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो ।

त्यस कारबाहीमा परेर अरु पनि कैयौँ विद्रोही मारिएको आशंका गरिएको छ । अरु कैयौँ घाइते पनि भएका छन् । शुक्रबार यहाँको सेनाले उक्त कारबाही गरेको थियो । यस कारबाहीमा परेर के कति विद्रोही मारिएका छन् भन्ने बारेमा स्पष्ट सूचना आउन बाँकी रहेको बताएको छ ।  (रासस-सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया