श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पुरानो स्मार्टफोनलाई नयाँ जस्तै छिटो कसरी चलाउने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्मार्टफोनहरू धेरैजसो एक क्लिकमै चल्ने गर्छ । छिटो हुन्छन् । यसको प्रयोग बढ्दै गएपछि भने बिस्तारै फोनको स्पिड घट्दै जान्छ । ह्याक भइरहन्छन् । चलाउनै दिक्क लाग्छ ।

हामीले केही विधि अपनाउने हो भने पुरानै फोनलाई पनि नयाँ जस्तै छिटो चलाउन सकिन्छ । त्यसको लागि निम्न उपायहरू प्रयोग गर्न सकिन्छ ।

१. स्टोरेज सफा गर्ने 

स्टोरेज क्लियर गर्ने थुप्रै एपहरू हुन्छन् । गुगलको गुगल फाइल्स गो पनि स्टोरेज क्लियर गर्ने एकदमै राम्रो एप हो । यो एपले धेरै स्पेस लिने फाइललाई हटाइदिन्छ र फोनलाई स्क्यान गरेर कुन कुनलाई हटाउनुपर्छ भनेर सुझाव पनि दिन्छ । यो एपले एकै प्रकारका फोटोलाई पत्ता लगाएर एकै क्लिकमा डिलिट गरिदिन पनि सक्छ ।

२. साधा होम स्क्रीन राख्ने 

होम स्क्रीनले हाम्रो फोनको धेरै ¥याम खाइदिन्छ । हामीले एकदमै थोरै विड्जेट्स प्रयोग गर्नुपर्छ र सकेसम्म लाइभ वालपेपर प्रयोग गर्नु हुँदैन ।

३. ब्लोटवेयरलाई डिसेबल गर्ने 

धेरैजसो एन्ड्रोइड एपमा पहिलेदेखि नै ओइएमले एपहरू इन्स्टल गरेको हुन्छ । यस्तो एपलाई ब्लोटवेर भनिन्छ । कुनै कुनै एप त हामी कहिले पनि प्रयोग नै गर्दैनौं । यस्तो भएको छ भने ती एपहरूलाई तुरुन्तै हटाइदिनुपर्छ । ओइएमले कुनै कुनै एपलाई सील गरेको हुन्छ, त्यसैले कारण त्यस्ता एपलाई डिसेबल गर्नुपर्छ । यस्तो एपलाई डिसेबल गरेपछि अनइन्स्टल गरे जस्तै हुन्छ ।

४. लेटेस्ट सफ्टवेयर इन्स्टल गर्ने

धेरैजनाले सफ्टवेयर इन्स्टल गरेपछि अझै बढी स्पेस लिने गर्छ भन्ने गलत सोच राख्ने गर्छन् । लेटेस्ट सफ्टवेयर इन्स्टल गर्दा बग फिक्स हुन्छ र मोबाइल पनि अझै राम्ररी चल्ने गर्छ । ह्याङ हुने समस्या पनि हट्छ । -आईसिटीखबरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार