काठमाण्डौः नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोलामा ७ सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ९३ हजार ९ सय थियो । सोमबारका लागि छापावाल सुनको मुल्य तोलाको ९३ हजार २ सय कायम गरेको छ । यस्तै तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ७ सय कायम गरिएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ६कायम भएको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया