असार २६, २०८२ बिहिबार July 10, 2025

भियतनामको मध्य क्षेत्रमा भएको आगलागीमा ६ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो ।

आगो तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ ।

आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ ।

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ ।

उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार