असार ३२, २०८२ बुधबार July 16, 2025

५१ कम्पनीमा शेयर लगानी जोखिमयुक्तः नेपाल धितोपत्र बोर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा शेयर लगानी जोखिमयुक्त भएको ठहर गरेको छ । पछिल्लो समयमा नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका कम्पनीको शेयरमा अत्यधिक वृद्धि देखिएपछि बोर्डले ठहर गरेको हो ।

मूल्य आम्दानी अनुपात १०० भन्दा बढी रहेका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम लगायतका कम भएका ५१ वटा कम्पनीहरुमा चलखेल भएको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

बोर्डको प्रतिवेदनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीको सेयर मूल्यमा चलखेलको भएको बताइएको छ ।

बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई पनि बुझाएको छ । सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया