श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा साइबर हमला रोक्न सेक्युरिटी सिस्टम निर्माण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले देशभित्रै र विदेशबाट हुनसक्ने साइबर हमला रोक्न साइबर सेक्युरिटी सिस्टम निर्माण गर्ने भएको छ । इन्टरनेट र नयाँ प्रविधिमा नेपाल पनि निर्भर भइरहेकाे याे अवस्थामा सुरक्षा जाेखिम न्यूनीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले यस्ताे सेक्युरिटी सिस्टम निर्माण गर्न लागेकाे हाे ।

कुनै समय हात-हतियारको सहायताले हुने युद्ध अब साइबर हमलाबाट हुने खतरा छ । यस्तो अवस्थामा धेरै सुरक्षा संगठनहरु साइबर हमलाबाट विश्वलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा काम गरिरहेका छन् । भने, विभिन्न देशमा राज्यस्तरबाटै साइबर सुरक्षामा काम भइरहेका छन् ।

नेपालमा पनि साइबर सुरक्षालाई लिएर बारम्बार बहस हुने गरेका छन् । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याउने तयारी गरेकाे छ । यसैबीच प्राधिकरणले देशको साइबर सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ साइबर सेक्युरिटी सिस्टम निर्माण गर्ने तयारी थालेकाे छ ।

यसका लागि प्राधिकरणले आगामी आथिर्क वर्ष २०७८/०७९ को कार्यक्रममा यसलाई समावेश गरेको छ । प्राधिकरण स्रोतका अनुसार उक्त सिस्टम स्थापना गर्नुकाे उद्देश्य विदेशी ह्याकरले देशको सिस्टममा हमला गर्न खोजेको अवस्थामा हमला हुनुअघि नै त्यसलाई पहिचान गरी रोक्नु हाे । त्यस्तै यसले देशभित्रबाटै हुने साइबर हमलालाई समेत पहिचान गरी हुनसक्ने हमलाबाट बचाउन मद्धत गर्नेछ ।

यसका लागि प्राधिकरणले आगामी आर्थिक वर्षमा दुई फरक कार्यक्रम राखेको छ । जसमा पहिलो साइबर सेक्युरिटी सिस्टम स्थापनाका लागि आवश्यक अध्ययन (डीपीआर) तयार पार्नेछ । त्यस्तै दोस्रो कार्यक्रम अन्तर्गत उक्त सिस्टम निर्माण गरी सञ्चालनमा ल्याउनु रहेको छ ।

यो सिस्टमले साइबर सुरक्षाको पहिचान गरी सम्भावित जाेखिम रोक्न सहयाेग गर्ने बताइएकाे छ । प्राधिकरण स्रोतले भन्यो, ‘हमला गर्ने व्यक्ति तथा समूह पहिचानका लागि साइबर फरेन्सिक ल्याब स्थापना गर्न आवश्यक छ । त्यसला लागि आउँदा वर्षहरुमा काम अघि बढ्ने छ ।’- टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार