असार २६, २०८२ बिहिबार July 10, 2025

अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो ।

दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उहाँहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ ।

वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएको भएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो । बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिनुभएको थियो ।

उहाँहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गर्नु भएको जनाइएको छ । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरूमा उल्लेख गरिएको छ ।

झण्डै साढे २ बर्षदेखि जेलमा राखिनु भएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा पनि उहाबीचमा पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन । उहाँहरूले कतिपय विषयमा आ–आफ्ना अडानहरू अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ । (रासस / एपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार