असार २६, २०८२ बिहिबार July 10, 2025

चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तिब्र बनाइएको जनाएको छ । मुख्य शहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जनसंख्याको करिब २१ प्रतिशतलाई खोप दिइएको छ । अर्थात् विश्वभर २ अर्ब ५० करोड डोज खोप लगाइएको छ, र हरेक दिन तीन करोड ३९ लाखले खोप लगाइरहेका छन् ।

तर न्यून आय भएका मुलुकहरुका ०.८ प्रतिशत जनसंख्याले मात्र कम्तिमा एक डोज खोप लगाएका छन् ।

पछिल्लो विवरण अनुसार दोस्रो स्थानमा रहेको संयुक्तराज्य अमेरिकामा ३१ करोड २९ लाख डोज खोप लगाइएको छ । त्यसपछि तेस्रो स्थानमा रहेको भारतमा २५ करोड ८३ लाखले खोप लगाएका छन् ।

तर जनसंख्याका आधारमा इजरायलमा कूल जनसंख्याको ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने बेलायतमा ४५ प्रतिशत, चिलीमा ४८ प्रतिशत, उरुग्वेमा ३७ प्रतिशत, बहराइनमा ५१ प्रतिशत, हंगेरीमा ४५ प्रतिशत, संयुक्तराज्य अमेरिकामा ४४ प्रतिशतले पूर्ण खोप पाएका छन् ।

तर कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा ३.५ प्रतिशतले पूर्ण तथा १२ प्रतिशतले आंशिक खोप लगाएको डब्लुएचओले जनाएको छ ।(रासस–सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार