असार ३२, २०८२ बुधबार July 16, 2025

एकैदिन सुनको मुल्य प्रतितोला १२ सयले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली बजारमा सुनको मुल्य प्रतितोला १२ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । शुक्रवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ ।

यस्तै, शुक्रवार चाँदीको मूल्य प्रतितोला रु ३५ पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार ३०५ खरीदविक्री भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया