श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन मन्त्री थापाको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएकी छन् ।

सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्न नहुने बताइन् ।

उनले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । सो अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले प्रविधि केन्द्रलाई क्षमता विस्तारको योजना बनाउन निर्देशन दिए । केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले केन्द्रको कार्यक्रम र भावी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

मन्त्री थापाले यसअघि नेपाल टेलिभिजन, हुलाक सेवा विभाग, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलगायत मन्त्रालयअन्तर्गतका निकायमा अनुगमन गरी निर्देशन दिएकी थिइन् । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गरेकी थिइन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार