असार २६, २०८२ बिहिबार July 10, 2025

बाढी पहिराेबाट जलविद्युतमा १० अर्बको क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन् ।

अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ (इप्पान)का अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन् ।

बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो । गाेरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया