काठमाडौंः केही दिन घटिरहेको सुन यो साताको दोस्रो दिन भने मूल्य केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाला सुनको मूल्य ९० बहजार रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सयले बढेर ८९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ८९ हजार पाँच सय ५० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया