असार २६, २०८२ बिहिबार July 10, 2025

भारतमा ५३ हजार सङ्क्रमित थपिएः कोरोनाबाट निको हुने दर ९६.३६ प्रतिशत पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा पछिल्लो चौबीस घण्टामा ५३ हजार बढी कोरोना भाइरसका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा करिब १३ लाख ८८ हजार नमुनाको परीक्षण गर्दा ५३ हजार २५६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

समाचार संस्था एएनआईका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म दुई करोड ९९ लाख ३५ हजार २२१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल भारतमा सात लाख दुई हजार ८८७ सक्रिय सङ्क्रमित छन् ।

गएको चौबीस घण्टामा एक हजार ४२२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ८८ हजार १३५ पुगेको छ । हालसम्म दुई करोड ८८ लाख ४४ हजार १९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट निको हुने दर ९६.३६ प्रतिशत छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म २८ करोड ३६ हजार ८९८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार