असार २६, २०८२ बिहिबार July 10, 2025

अफगानी सेनाद्वारा तखार प्रान्तका दुई जिल्ला पुनः नियन्त्रण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ ।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गएराति सेनाले कारबाही गरी दुई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिनुभयो ।

सेनाले नियन्त्रण कायम गरेका जिल्लाहरुमा घार र बांगी रहेका छन् । यी दुई जिल्लालाई केही दिनअघि तालिबानी विद्रोही समूहले आफ्नो नियन्त्रणमा ल्याएका थिए । सैनिक प्रवक्ता नजारीले सेनाको कारबाहीका बारेमा विस्तृत विवरण भने दिनु भएको छैन, तर उहाँले दुबै जिल्लामा सेनाको नियन्त्रण कायम भएको बताउनुभयो ।

अफगानिस्तानका विद्रोही तालिबान लडाकू समूहले उत्तरी तालुकान प्रान्तका केही जिल्लालाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले तखार प्रान्तको राजधानी तालुकानमाथि पनि दबाब सिर्जना गरिरहेका छन् ।

सेनाले गरेको पछिल्लो कारबाहीका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्रै अमेरिकी र नेटो आबद्ध सैनिकहरु फिर्ता हुन लागेसँगै अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानले देशभर थप हिंसात्मक कारबाही थालेको छ ।

पछिल्लो एक महिनाभित्रै तालिबानले देशका ५० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया