असार २७, २०८२ शुक्रबार July 11, 2025

एस्ट्राजेनिका खोप लगाउनेलाई नसाको समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः छिमेकी भारतद्वारा उत्पादित कोभिसिल्ड खोप लगाएका १२ लाख नेपालीलाई एस्ट्राजेनिका खोपका बारेमा गम्भीर साइडइफेक्ट देखिएको समाचारले चिन्तित बनाएको छ ।

बेलायती उत्पादन एस्ट्राजेनिकाकै सूत्रमा आधारित रहेर भारतले कोभिसिल्ड बनाएको र भारतमा पनि खोप सेवा पाउनेमध्ये अधिकांशले यही खोप लगाएको बताइएको छ ।‘बेलायतमा गरिएको अध्ययनका आधारमा विश्वका एक सय आठ जर्नलमा प्रकाशित आलेखले एस्ट्राजेनिका खोप प्रयोग गर्नेहरूमा नसासम्बन्धी समस्या देखिएको जनाएका छन्’, कोरोनाका विषयमा प्रारम्भदेखि नै सक्रिय अभिव्यक्ति दिँदै आएका भाइरस विज्ञ डा. रमेश आचार्यले भन्नुभयो– ‘तर कोभिसिल्ड र एस्ट्राजेनिका उस्तै हो, एउटै भने होइन ।

’कोरोनाविरुद्धको खोप एस्ट्राजेनिका लगाएकाहरूमा ‘नर्व डिस्अडर’ को समस्या देखा परेपछि अहिले उक्त खोपको बारेमा अन्तर्राष्ट्रिय बहस शुरू भएको छ । एस्ट्राजेनिकाको खोप लगाएका सात भारतीय र चार बेलायती नागरिकमा गुलियन बेरी सिड्रोम (जीबीएस) को समस्या देखा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एस्ट्राजेनिकाको पहिलो खोप लगाएको दुई हप्तापछि ती व्यक्तिमा ‘गुलियन बेरी सिड्रोम’को समस्या देखा परेको जर्नलहरूमा उल्लेख छ । गुलियन बेरी सिड्रोम देखा परेका नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदै गएपछि शरीरका सबै भागमा त्यसको असर परेको बताइएको छ ।

बेलायतकै नटिघम विश्वविद्यालयद्वारा सञ्चालित अस्पतालमा गरिएको अनुसन्धानमा एस्ट्राजेनिकाको खोप लगाएकाहरूमा उक्त समस्या देखिएको जनाइएको छ ।गुलियन बेरी सिड्रोम देखिएका मानिसका शरीरका भागहरू पक्षाघात भएको र उनीहरूको अवस्था गम्भीर हुँदै गएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूले उक्त खोपको प्रभावकारितामाथि प्रश्न उठाए पनि त्यसको प्रयोग रोक्ने विषयमा भने आवाज उठाएका छैनन् । शोधकर्ताले ‘मासंपेशीलाई कमजोर बनाउँदै लैजाने र पछि मानिसको मृत्युसमेत हुने भएकाले खोप लगाउँदा सावधानी अपनाउन’ आग्रह चाहिँ गरेका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले गरेको अनुसन्धानमा एस्ट्राजेनिकाको खोप लगाएकी गर्भवती महिलामा समेत गुलियन बेरी सिमड्रोम देखा परेको र सोही रोगका कारण गर्भमा रहेको बच्चा तुहिएको जनाइएको छ ।

आईसीएमआरले भनेको छ– यदाकदा देखिने यो रोग एस्ट्राजेनिकाको खोप लगाएका मानिसहरूमा देखिएकाले सावधान हुनैपर्छ ।आईसीएमआरका अनुसार उक्त खोप लगाएकी महिलालाई पछि कोरोना संक्रमणसमेत भएपछि जीबीएसको जीवाणुले आक्रमण गरेको थियो । उसले यसबारे लामो अनुसन्धान हुनुपर्ने जनाएको छ । नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार