श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाली बजारमा सामसङ ग्यालेक्सी ‘एम ३२’ र ‘ए २२’ सार्वजनिक हुँदै, यस्ता छन् फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङले नेपाली बजारमा नयाँ माेडलका स्मार्टफोन भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी एम सिरिजअन्तर्गत एम३२ र ग्यालेक्सी ए सिरिज अन्तर्गत ए२२ बजारमा भित्र्याउने तयारी गरेको हो ।

जुलाईको पहिलो साता यी मोडल नेपाली बजारमा भित्रिने कम्पनी स्रोतले जानकारी दिएकाे छ ।

एम३२ मा २५ वाटकाे चार्जिङ सपाेर्टसहित ६ हजार एमएएच ब्याट्री क्षमता दिइएको छ । कम्पनीले यो फोन डुअल ब्याण्ड वाईफाई (२ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी) सहित निर्माण गरेकाे जनाएकाे छ ।

एन्ड्राेइड ११ मा चल्ने फाेनमा ९० हर्जकाे रिफ्रेस रेटसहिट ६.४ इन्चको एमोलेड डिस्प्ले र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २० मेगापिक्सेलकाे सेल्फी क्यामेरा, मिडियाटेक हेलियाे जी८० चिपसेट लगायतका मुख्य फिचर छन् ।

४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा याे फाेन उपलब्ध हुनेछ । नेपाली बजारमा याे फाेनकाे मूल्य २५ देखि ३० हजार रूपैयाँकाे बीचमा उपलब्ध हुने अनुमान गरिएकाे छ ।

त्यसैगरी कम्पनीले नेपाली बजारमा ग्यालेक्सी ए२२ पनि भित्र्याउने तयारी गरेकाे छ । तर फाइभजी वा फाेरजी कुन भेरियन्ट उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएकाे छैन ।

एन्ड्राेइड ११ मा चल्ने यो फोनमा ९० हर्ज रिफ्रेस रेट (फाइभजी) सहित ६.६ इन्चको सुपर एमाेलेड डिस्प्ले रहेकाे छ । फोनको पछाडि ४८ मेगापिक्सेलको प्राइमेरी सेन्सरसहित चार वटा क्यामेरा सेटअप छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ ।

त्यस्तै ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज, ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टमा याे फाेन उपलब्ध हुनेछ ।

याे फाेनकाे फाइभजी भेरियन्टमा मिडियाटेक डाइमेन्सिटी ७०० चिपसेट छ भने फाेरजी भेरियन्टमा मिडियाटेक हेलियाे जी८० चिपसेट छ । त्यस्तै फोनमा १५ वाटको चार्जिङ सपोर्टसहित ५ हजार एमएएचको ब्याट्री छ । यसमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरसमेत रहेको छ ।

साथै सामसङले नेपाली बजारमा ए सेभेन लाइट ट्याब्लेट पनि सार्वजनिक गर्ने तयारी गरेकाे छ ।- टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार