असार २६, २०८२ बिहिबार July 10, 2025

कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा गोली प्रहारः सबै सकुसल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा बन्दुकले हमला गरिएको छ । भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार गरिएको हो । हेलिकप्टरमा राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्न लाग्दा यो आक्रमण भएको थियो ।

हेलिकप्टरमा सो प्रान्तका गर्भनर पनि सवार थिए । राष्ट्रपतिका प्रवक्ताका अनुसार हमलामा सबै सकुशल रहेका छन् । राष्ट्रपति इवान ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिएका छन् । उनले यस्तो हमला सामना गर्न कोलम्बिया निकै शक्तिशाली रहेको जिकिर गरे । साथै उनले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

स्थानीय पत्रिकाका अनुसार हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठोक्किएको आवाज सुनेका थिए । त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो । राष्ट्रपतिमाथि हमलामा भएको क्षेत्रमा नेशनल लिब्रेसन आर्मी (ईएलएन) चरमपन्थीहरु सक्रिय रहेका छन् ।

ईएलएन देशको सबैभन्दा ठूलो बिद्रोही समूह हो जसलाई कोलम्बियाको साथै अमेरिका र यूरोपेली संघले पनि चरमपन्थी समूह घोषणा गरेको छ । सन् १९६४ मा यो विद्रोही समूह गठन भएको थियो । देशमा भूमि र धनको असमान वितरणबिरुद्ध लड्न यसको उद्देश्य रहेको छ । – बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया