असार २६, २०८२ बिहिबार July 10, 2025

अष्ट्रेलियाको सिड्नीमा १४ दिन लकडाउन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अष्ट्रेलियाको सिड्नीमा शनिवारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ ।

अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।

घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिवार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ । (रासस/एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया