काठमाण्डौः स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू. २०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको थियो । आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको छ ।
चाँदीको मूल्य प्रतितोला रु ५ ले बढे छ । शुक्रवार प्रतितोला रू. १ हजार ३०० मा कारोबार भएको चाँदी आज रू. १ हजार ३०५ मा किनबेच भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया