श्रावण १, २०८२ बिहिबार July 17, 2025

२१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले असार १४ गते अर्थात् आज सोमबार पुनः २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार ७ गते पनि राष्ट्र बैंकले २६ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति असार १५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको ११ अर्ब १० करोड रुपैयाँ रहेको छ । सोमध्ये पुरानो नवीकरणअन्तर्गत १० करोड र नयाँ अर्थात् फ्रेस ११ अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ असोज ११ गते र २०७८ पुस १३ गते तोकिएको छ ।

यसअघि गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको ११ अर्ब ५३ करोडठ र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल गरेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ ।

सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ ।

ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ ।

यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । -आर्थिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया