श्रावण १, २०८२ बिहिबार July 17, 2025

राष्ट्र उत्थान लघुवित्तको आईपीओ निष्कासन प्रक्रिया शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त आइपीओ नियुक्ती सम्बन्धी सम्झौतापत्रमा राष्ट्र उत्थान लघुवित्तकी नायब कार्यकारी निर्देशन जया लोहनी र एनआइबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन ढुङ्गानाले सोमवार हस्ताक्षर गरेका हुन् । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।

उक्त आइपीओलाई इक्रो नेपाले इक्रा आईआर बीबी रेटिङ प्रदान गरको छ । यस्तो रेटिङले कम्पनीले समयमा नै दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । आर्थिक अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया