वैशाख ३१, २०८१ सोमबार May 13, 2024

डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिसबारे थप निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीतर्फ एक जना एआईजीको दरबन्दी थप गरेको थियो ।

एआईजीमा सिफारिसमा परेका थापाको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेमा थापा नेपाल प्रहरीको एआईजी बन्नेछन् । उनी एआईजी भए भने आगामी प्रहरी नेतृत्वका लागि उनीसमेत दाबेदार बन्नेछन् ।

यसअघि गत वर्षको २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजी बनाएको थियो । त्यसयता उनी आगामी प्रहरी नेतृत्वका लागि एक्ला दाबेदार रहेका थिए ।

अब भने एआईजी पोखरेल र थापाबीच आगामी प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धा हुने पक्का भएको छ । नेपाल प्रहरीका हालका प्रमुख आईजीपी शैलेश थापा क्षत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ
२०८१ वैशाख ३१, सोमबार
दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी
२०८१ वैशाख ३१, सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
२०८१ वैशाख ३१, सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
२०८१ वैशाख ३१, सोमबार
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१ वैशाख ३१, सोमबार
विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
२०८१ वैशाख ३१, सोमबार
अनलाइनमा अवैध जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार
२०८१ वैशाख ३१, सोमबार