असार २६, २०८२ बिहिबार July 10, 2025

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ ।

अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संबैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाउनु भएको थियो ।

अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा पाँच दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश दिएको छ । जुमाका निवास एन्कान्डला र जोहानेसबर्ग दुबै ठाउँमा रहेका छन् ।

जुमाले प्रहरीमा स्वयं उपस्थित नभएर अटेर गरेमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री भेकी सिलेले तीन दिनभित्र आवश्यक व्यवस्था गरी जुमालाई सुधार गृहमा पठाउन पनि आदेश दिएको छ ।

पूर्व राष्ट्रपति जुमाले राज्य आयोगमा उपस्थित भएर बयान दिन अदालतले दिएको आदेश इन्कार गरेको भन्दै मानहानिको मुद्दा चलाइएको हो । सन् २०१८ मा गठन भएको यस आयोगले जुमा बिरुद्ध राज्यको शक्तिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार गरेको तथा राज्यका स्रोतसाधनको दुरुपयोग गरेको अभियोगमा छानबिन गरिरहेको छ ।

गत फेब्रुअरीमा पनि जुमालाई आयोगमा उपस्थित हुन भनिएको थियो तर उहाँले उपस्थित हुन अस्वीकार गर्नु भएको थियो । आयोगका अध्यक्ष एवं न्यायाधीश रेमन्ड जोन्डोका कार्यहरु आफू विरुद्ध पक्षपातपूर्ण रहेको दाबी जुमाले गर्दै आउनु भएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार