असार २६, २०८२ बिहिबार July 10, 2025

पूर्वी अफगानिस्तानमा १० तालिबानी लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलवार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।

सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र अलासाङ क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूका तीन ठाउँलाई लक्षित गरी कारबाही गरेको थियो । सेनालाई अफगान वायुसेवाले समेत मद्दत गरेको थियो ।

छिमेकी परवान प्रान्तमा सेनाले गठन गरेको स्थानीयबासीको हतियारधारी प्रतिकार समूहले तालिबान लडाकूहरुलाई शिनवार जिल्लाबाट मङ्गलवार भगाएको पनि सेनाले जनाएको छ । परवान प्रान्तको साइगर्ड जिल्लामा नियन्त्रण गरेर बसेका तालिबान समूहलाई पनि सेनाले लखेटेको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकहरु स्वदेश फर्किन लागेसँगै तालिबान समूहले अफगानिस्तानका सरकारी फौजसँग प्रतिरोधपूर्ण संघर्ष गरिररहेको छ ।

पछिल्लो विवरण अनुसार तालिबान समूहले देशका ४० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको तालिबान समूहले दाबी गरेको छ । (रासस–सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार