असार २३, २०८२ सोमबार July 7, 2025

विवाहको दिन रुदाँ रुदै दुलहीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल लगायत केही देशमा विवाहको दिनमा बेहुली रुने परम्परा सदियौ देखि चलिआएको छ । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई विदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष धुरुधुरु रुने अझै पनि चलन छ ।

तर, भारतको ओडिसामा भने रुने मात्र होइन विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मृत्यु समेत भएको छ । भारतीय समाचार अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।

दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन् । आफन्त कोहीले पानी छम्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् ।

डाक्टरले युवतीको मृत्यु हर्ट अट्याकबाट भएको बताएका छन् । प्रहरीले पोस्र्टमार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ । बेहुलीको निधन पछि वरपरका गाउँ सबै शोकमा डुबेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया