वैशाख ३१, २०८१ सोमबार May 13, 2024

कोरोना संक्रमण दर फेरि बढ्न थाल्यो, कसरी जाेगिने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ ।

पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत पाइएको छ । बजारमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनस्वास्थ्य मापदण्ड पालना र आत्मानुशासन हुनसके संक्रमण जोखिमबाट बच्न सकिने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

मन्त्रालयको तथ्यांकअनुसार गत आइतबार १ हजार ९ सय २० जनामा संक्रमण देखिएको थियो । सोमबार २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार २ हजार ६ सय ३६ जनामा संक्रमण देखियो । हिजो बुधबार देशभर थप २ हजार ८ सय ९२ जनामा पुष्टि भएको छ । क्रमिक रूपमा दैनिक संक्रमित संख्या बढ्दो देखिन्छ । -राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलको बैठक आज नबस्ने
२०८१ वैशाख ३१, सोमबार
सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख
२०८१ वैशाख ३१, सोमबार
सुनको मूल्य घट्यो, चाँदीको कति पुग्यो ?
२०८१ वैशाख ३१, सोमबार
बजेटमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री दाहाल
२०८१ वैशाख ३१, सोमबार
शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
२०८१ वैशाख ३१, सोमबार
विशेष अदालतका न्यायाधीशहरू विरुद्ध न्याय परिषद्मा उजुरी
२०८१ वैशाख ३१, सोमबार
आजको मौसम : देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने
२०८१ वैशाख ३१, सोमबार