असार २६, २०८२ बिहिबार July 10, 2025

भारत, पाकिस्तानलगायतका देशमा तत्काल यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकहरूलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ ।

कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ । परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेकोे छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।

युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।

यसैबीच यूएईले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्व स्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार