असार २६, २०८२ बिहिबार July 10, 2025

अफगान सेना र तालिबानबीचको भिडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको सरकारी फौज र यहाँका तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो । त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् ।

उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् ।

सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए ।

ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार