श्रावण २, २०८२ शुक्रबार July 18, 2025

तपाईंको कम्प्युटरले विण्डोज ११ सपोर्ट गर्छ कि गर्दैन, यसरी थाहा पाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माइक्रोसफ्टले बिहीवार विण्डोज ११ को घोषणा गरेपछि कम्पनीले नयाँ अपरेटिङ सिस्टमका लागि न्यूनतम आवश्यकता समेत प्रकाशित गर्‍यो । दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ ।

यसले तपाईंलाई तपाईंको कम्प्युटर विण्डोज ११ रन गर्नका लागि सक्षम छ कि छैन बताउनेछ । तर यसले त्यति प्रभावकारी जवाफ दिन सकिरहेको थिएन । धेरै प्रयोगकर्ताले आफू विण्डोज ११ मा अपग्रेड हुन नसक्ने जानकारी पाए । तर किन भन्ने प्रश्नको जवाफ भने स्पष्ट थिएन । किनभने पीसी हेल्थले त्यो स्तरको जानकारी दिइरहेको थिएन ।

तर अब भने यो एप अपडेट भएको छ र अब तपाईंलाई यसले के कारणले तपाईंको कम्प्युटर नयाँ अपरेटिङ सिस्टमका लागि अयोग्य छ भन्ने कुराको जानकारी दिनेछ । तपाईंको कम्प्युटर विण्डोज ११ का लागि योग्य नहुनुमा धेरै कारणहरु हुनसक्छन् । यसका लागि अनेकौं आवश्यकता शर्त राखिएका छन् ।

पहिलो कुरा यसका लागि तपाईंको कम्प्युटरमा दुई जीबीको र्‍यामको ठाउँमा चार जीबीको र्‍याम हुनुपर्छ । साथै ३२ जीबी स्टोरेजको स्थानमा ६४ जीबी चाहिन्छ । यसैगरी तपाईंको कम्प्युटरमा रोडब्लकको रुपमा २.० टीपीएम पनि आवश्यक पर्छ । त्यसैगरी सीपीयूको पूर्वशर्त समेत फेरिएको छ ।

३२ बिटको सीपीयू तथा सिङ्गल कोर सीपीयूले यसलाई सपोर्ट गर्न सक्दैन । यसको सिस्टम रिक्वायरमेन्ट पेजमा उल्लेख भएअनुसार तपाईंलाई नयाँ अपरेटिङ सिस्टमका लागि कम्तिमा दुई वा दुई भन्दा बढी कोर भएको एक गिगाहर्ज ६४ बिट सीपीयू आवश्यक पर्छ ।

यहाँ सीपीयू कम्प्याटिबिलिटी लिस्ट दिइएको छ, जसमा विण्डोज ११ लाई सपोर्ट गर्ने हरेक प्रोसेसरको बारेमा उल्लेख छन् । इन्टेलको ८ औं पुस्ताभन्दा पुराना प्रोसेसर यसमा छैनन् । यदि विण्डोज ११ आएसँगै तपाईंको कम्प्युटर पछाडि परेको वा पुरानो भएको ठान्नु भएको छ भने चिन्ता नलिनुहोस् ।

तपाईं अझै पनि विण्डोज १० मा जान सक्नुहुन्छ । विण्डोज १० मा अर्को वर्ष नयाँ अपडेट आउँदैछ । समग्रमा विण्डोज १० ले सन् २०२५ सम्म सपोर्ट गर्नेछ । यदि तपाईं आफ्नो कम्प्युटर विण्डोज ११ का लागि तयार छ कि छैन भन्ने थाहा पाउन र विण्डोजको प्रारम्भिक भर्सन प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । -टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार