श्रावण २, २०८२ शुक्रबार July 18, 2025

हावामा उड्ने क्यामेरा भएको स्मार्टफोन ल्याउँदै भिभो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ स्मार्टफाेन ब्राण्ड भिभोले एउटा अनौठो फिचर भएको स्मार्टफोनका लागि पेटेन्ट दर्ता गराएको छ । जसमा फ्लाइङ अर्थात उड्ने क्यामेरा फिचर रहेको छ ।

यससँगै भिभो पहिलो यस्तो कम्पनी बनेको छ, जसले ह्याण्डसेटमा ड्रोन क्यामेरा उपलब्ध गराउने लक्ष्य राखेको छ । गत वर्षको डिसेम्बरमा भिभो मोबाइल कम्युनिकेसनले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस (WIPO) मा यो पेटेन्ट दर्ता गराएको थियो ।

सोही पेटेन्ट अहिले कम्पनीको नाममा जारी भएको हो । लेट्सगो डिजिटलकाे रिपाेर्टअनुसार भिभो आफ्नो स्मार्टफोनमा एउटा कम्पार्टमेन्ट राख्ने प्रयासमा छ । जसमा हिडन (लुकेको) क्यामेरा सिस्टमसहित दुई वटा सेन्सर हुनेछ ।

साथमा तीन वटा इन्फ्रारेड प्रोक्सिमिटी सेन्सर, चार वटा प्रोपेलर (पंखा) र एउटा अतिरिक्त ब्याट्री हुनेछ । पेटेन्टअनुसार एउटा क्यामेरा माथि शिरानी भागमा हुनेछ भने अर्को फोनको अगाडि भागमा हुनेछ ।

यसरी फरक फरक स्थानमा क्यामेरा राख्नुको अर्थ अलग अलग एंगलमा शुट गर्न सहज बनाउनु हो । रिपोर्टअनुसार पेटेन्टमा देखाइएको क्यामेरा सिस्टम प्यानलबाट स्लिड भएर बाहिर आउनेछ र माउन्टिङ ब्रकेटसँगै सम्पूर्ण रुपमा निस्किनेछ ।

त्यस्तै, माउन्टिङ ब्रकेटमा फिगरप्रिन्ट सेन्सर इन्टिग्रेट हुनेछ । यो क्यामेरा सिस्टम इन्टिग्रेटेड प्रोपेलर (पंखा) को सहयोगमा उड्नेछ । यसमा रहने इन्फ्रारेड सेन्सरले क्यामेरा कति माथिसम्म जाने भन्ने कुरालाई ट्र्याक तथा नियन्त्रण गर्नेछ ।

साथै यो फ्लाइङ क्यामेराले शुटिङको समयमा सहजता प्रदान गर्नेछ । यो एयर जेस्चरको साथमा सार्वजनिक हुन सक्छ ।

यसबाहेक थप जानकारी भने बाहिर आएको छैन । पेटेन्ट अनुसारको फिचर भएको स्मार्टफोन भिभोले सार्वजनिक गरेको खण्डमा बजारमा विद्यमान अन्य स्मार्ट कम्पनीका लागि निकै कडा चुनौती हुने विश्लेषण गरिएकाे छ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार