असार २८, २०८२ शनिबार July 12, 2025

आयोग सक्रिय बन्दै, साउन १५ भित्र दल दर्ता, असोज २० र ३१ मा उम्मेदवारी मनोनयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ। सरकारले कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि आयोगले मध्यावधि चुनावका कार्यतालिका बनाएको हो।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका समयमा आयोग निर्वाचनको प्रक्रियामा जुटेको छ। आयोगले राजनीतिक दलहरुका लागि दल दर्ता, उम्मेदवारी दर्ता, चुनाव चिन्ह प्रदान गर्ने लगायतको कार्यतालिका बनाएको हो।

आयोगका एक सदस्यका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न असार ३१ गतेदेखि साउन १५ गतेसम्मको समय दिने तयारी छ। पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ भने दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते र कार्तिक १ गते उम्मेदवारी मनोनयनको तालिका बनाइएको छ।

पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह असोज २५ गते र दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह दिने तयारी आयोगले गरेको छ।

सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ। अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो। अन्नपूर्णबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया