जेठ ६, २०८१ आइतबार May 19, 2024

एमाले कार्यदलको बैठक बिनानिश्कर्ष टुंगियो – अर्को बैठक भोली पुन बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा एमाले एकताका लागि गठित १० सदस्यीय कार्यदलको बैठक बिनानिश्कर्ष टुंगिएको छ ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा असहमतिका कुरा राखिएको माधव नेपाल समुहबाट कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए ।

नेता बिष्टले छलफल सकारात्मक भएको र पुन बैठक भोलि बस्ने गरि सकिएको बताए । कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए ।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् ।

यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया