काठमाण्डौंः नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि बित्न नपायँदै आज फेरि मूल्य बढाएको हो।
यसअघि असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो। अहिले फेरि निगमले प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ।
यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढेर १४ सय २५ रुपैयाँ भएको छ। डिजेल र मटितेलको मूल्य पनि अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया