असार २६, २०८२ बिहिबार July 10, 2025

बिद्रोहीहरुसँगको झडपपछि १ हजार भन्दा बढी अफगान सैनिक ताजिकिस्तान तर्फ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः अफगानिस्तानमा तालिबान बिद्रोही हरुसंगको झडप पछि १ हजार जना भन्दा बढी सैनिक छिमेकी देश ताजिकिस्तान तर्फ गएका छन् ।

ताजिकिस्तानको सिमा सुरक्षा बलको बिज्ञप्ती अनुसार अफगान सैनिकहरु आफ्नो ज्यान बचाउन त्यहाँ गएको बताइएको छ ।

अफगानिस्तानमा अमेरिकी , बेलायती र अन्य देश का सेनाले तालिबान संगको आफ्नो २० वर्ष लामो युद्ध अन्त्य गर्दै आफ्नो सैनिक फिर्ता लैजाने दिन नजिकिँदै जाँदा त्यहाँ बिद्रोहीहरुले दिनहुँजसो हिंसात्मक गतिबिधि गर्दै आएका छन।

हाल अफगानिस्तान को ४२१ जिल्ला को करिब एक तिहाई छेत्र तलिबानीहरुले नियन्त्रण मा लिएका छन। अफगानी सेनाले बिदेशी शैन्य बलको बहिर्गमनपछि पुरै सुरक्षा आफुले सम्हाल्ने जनाउदै आएको छ।

अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो का साझेदारहरूको तालिबान बिद्रोही समूह संग भएको २०१८ को शान्ति सम्झौता अनुसार आफुहरुले सेना फिर्ता गरेपछि तालिबान नियन्त्रित छेत्रमा कुनै पनि अतिबादी समूहलाई गतिबिधि संचालन गर्न नदिने उल्लेख छ । एनटिभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार