काठमाण्डौंः यौनसम्बन्धी धेरैको दिमागमा रहने जिज्ञासाहरु चिकित्सकसँग पनि लाज मानेर कतिपयले भन्न सकिरहेका हुँदैनन । यौनसम्बन्धी केही मनमा लागेका जिज्ञासाहरुको सामाधानबारे आज हामी चर्चा गर्दैछौं ।
हस्तमैथुन गर्दा के के फाइदा / बेफाइदा ? – नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपाय नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्।
हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सकका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च–पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरी कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन।
लिंगको आकार : लिंगको आकारलाई लिएर जिज्ञासा राख्नेहरु पनि धेरै मात्रामा भेटिने गरेका छन् । लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु गलत हो।पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन्। तर वास्तवमा भन्नुपर्दा यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ। पार्टनरलाई चरर्मोत्कर्षमा पुर्याउन ग्ल्यान्स ९ छालाले ढाकेको लिंगको माथिल्लो भाग नै पर्याप्त हुन्छ। डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो । लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ।
यौन सुन्तुष्टिमा स्तनको आकार कत्रो ? – महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्तन सानो भएकी महिला ‘श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ’ भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंगमात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।
कति समयसम्म यौनसम्बन्ध राख्दा फाइदाजनक ? – यौनसम्बन्धको अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस साथीहरूको बीचमा कुरा हुँदा शीघ्र पतन तथा ढिला पतनको विषयमा गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्। तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ। पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।
दुब्लोलाई सेक्स बढी चाहिने हुन्छ र ? – दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यथार्थमा चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्। पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक–फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।
महिनावारीमा सेक्स सम्बन्ध कति फाइदाजनक ? – महिनावारी भएको बेला यौन सम्पर्क गर्नुहुँदैन भन्ने गरिएको छ । चिकित्सकका अनुसार महिनावारी भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्। ‘मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ । कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।
मदिराले सेक्सको अवधि बढाउन ? – मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन्। डा. बद्री गौतमका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्खलनको अवधि बढाउने चाहिँ होइन।
गर्भधारणपछि सेक्स ? – गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने मान्यता व्याप्त छ। तर, चिकित्सकका अनुसार यस बेला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ। गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन। यौनासनमा भने परिवर्तन गरेर पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्नु उपयुक्त हुन्छ।
बच्चा पाएपछि योनी खुकुलो हुन्छ र ? – बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । बच्चा पाएपछि योनी खुकुलो हुन्छ भन्ने भ्रम छ। बच्चा पाएपछि डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। – एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया