असार २५, २०८२ बुधबार July 9, 2025

रोकिएका परीक्षाफल प्रकाशन असारभित्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ ।

विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरू गरिने जनाइएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन महिनामा सञ्चालन गर्ने स्नातक तहको परीक्षाको मापदण्डबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेर मात्र परीक्षाको कार्यक्रम अगाडि बढाउने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले पछिल्लो समय बन्दाबन्दी खुलेपछि कोरोनाको संक्रमणमा वृद्धि भएको र भौतिक उपस्थितिका आधारमा परीक्षा सञ्चालन गर्दा बीचमै समस्या पर्न सक्ने खतरा देखिएकोले सीसीएमसीसँग छलफल गरेर परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको बताए ।

विश्वविद्यालयले साउनमा स्नातक तहको परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको छ । भदौ महिनामा पनि परीक्षा सञ्चालन गर्ने योजना छ ।

उनले परीक्षामा देशभरका २ लाख ५० हजारभन्दा बढी विद्यार्थी भौतिक रूपमा उपस्थित हुने र यसले संक्रमण बढाउन सक्ने भएकोले पनि सरकारसँगको सरसल्लाहमा मात्र आफूहरू अघि बढ्ने बताए । सो केन्द्रसँग बुधवार विश्वविद्यालयको परीक्षा सञ्चालन र मापदण्डबारे छलफल गर्ने कार्यक्रम छ ।

त्रिभुवन विश्वविद्यालयले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै हप्ता मात्रै खुलाएको छ । अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलिने भएको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सकिने छ ।

विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम ३ महिनापछि धकेलिएको छ । यसअघि वैशाखमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने योजना बनाइएको थियो ।

यसैबीच त्रिविले विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई नियमित अनलाइन कक्षामा सहभागी भइदिन आग्रह गरेको छ । विगत लामो समयदेखि आफ्ना मागमा विश्वविद्यालयले चासो नदेखाएको भन्दै कक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि विश्वविद्यालयले अनलाइन कक्षामा नियमित सहभागी हुन आंशिक शिक्षकलाई आग्रह गरेको हो । विश्वविद्यालयमा करीब १ हजार ५०० आंशिक शिक्षक कार्यरत छन् । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार