जेठ ६, २०८१ आइतबार May 19, 2024

विपक्षी ५ विद्यार्थी संगठनद्धारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनरत ५ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले थप आन्दोनका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले असार २४ गते देशैभर सिठ्ठी जुलुस र असार २७ मा माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने निर्णय मंगलबार बसेको बैठकले गरेको छ।

यस्तै विद्यार्थी संगठनहरूले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बिपीका उपकुलपति ज्ञानेन्द्र गिरीलगायत बर्खास्त हुनुपर्ने मागमाथि उनीहरूको ऐक्यवद्धता छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया