जेठ ६, २०८१ आइतबार May 19, 2024

माओवादी केन्द्र दल दर्ता खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वमाओवादी नेताहरु नेकपा (माओवादी केन्द्र) काे दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

माओवादी केन्द्रले बर्खास्त गरेका लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीलगायतका नेताहरुले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिने भएका हुन् ।

नेताहरु लिल बहादुर थापा, दिनेश पन्थी लगायतले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि आयोगमा मध्यान्ह १२ः३० बजे निवेदन दिने तयारी रहेको बताईएको छ ।

माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया