भाद्र ६, २०८३ शनिबार August 22, 2026

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

अब फेरि एकपटक अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी सबर्बिटल रकेट प्रक्षेपण गर्ने तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लागेको छ । ब्लू ओरिजिनले लगभग दुई वर्षपछि अमेरिकी समू अनुसार आइतबार बिहान साढे ८ बजे ६ जनालाई अन्तरिक्षमा पठाउने भएको छ । सन् २०२२ मा यसको एउटा रकेट दुर्घटना भयो, त्यसपछि कम्पनीले उडानमा प्रतिबन्ध लगाएको थियो ।

अब फेरि एकपटक अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी सबर्बिटल रकेट प्रक्षेपण गर्ने तयारीमा छ । यसले अन्तरिक्ष पर्यटन बजारमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ । अन्तरिक्षमा पठाइने ६ जनामध्ये पूर्व वायुसेना पाइलट एड ड्वाइट पनि सामेल छन् । उनलाई अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा देशको पहिलो अश्वेत अन्तरिक्ष यात्री उम्मेदवारको रूपमा चयन गरेका थिए तर उनलाई अन्तरिक्षमा उड्ने अवसर दिइएन ।

जानकारीका अनुसार सबै छ जना अमेरिकाको वेस्ट टेक्सासस्थित कम्पनीको लन्च साइट वन बेसबाट उड्नेछन् । यो उडानसँगै वायुसेनाका पूर्व पाइलटले नयाँ इतिहास रच्न लागेका छन् । ९० वर्ष, आठ महिना र १० दिनको उमेरमा, ड्वाइट अन्तरिक्षमा सबैभन्दा वृद्ध व्यक्ति बन्नेछन्। उनले स्टार ट्रेक अभिनेता विलियम शाटनरको कीर्तिमान तोड्नेछन् ।

शाटनरको जन्म क्यानडामा मार्च २२, १९३१ मा भएको थियो । उनी क्यानेडियन अभिनेताका रूपमा चिनिन्छन् । अभिनेता हुनुको अलावा उनी लेखक, निर्देशक, निर्माता, पटकथा लेखक र गायक पनि हुन्। उनी सन् २०२१ मा अन्तरिक्ष यात्री पनि बनेका थिए । ९० वर्षको उमेरमा, शाटनरले अन्तरिक्षमा यात्रा गर्ने सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री बन्ने कीर्तिमान राखेका थिए।

यो ब्लू ओरिजिनको पहिलो उडान होइन। न्यू शेफार्ड-२५ मिसनको लागि सातौं उडान हो। छ जना मध्येका फ्रान्सेली उद्यमी सिल्भेन चिरोन यो उडानलाई लिएर निकै उत्साहित छन् । एक अन्तर्वार्तामा उनले आकाशबाट मानव संसारलाई सीमाविहीन र सुन्दरताले हेर्न पाउँदा निकै उत्साहित भएको बताएका थिए ।

ब्लू ओरिजिनले अहिलेसम्म ३१ जनालाई अन्तरिक्षमा पुर्याइसकेका छन् । यी यात्राहरू न्यू शेपर्ड मार्फत सम्पन्न भएका छन् । न्यू शेपर्ड एउटा सानो, पूर्ण रूपमा पुन: प्रयोज्य रकेट प्रणाली हो, जसको नाम अन्तरिक्षमा पहिलो व्यक्ति अमेरिकी एलन शेपर्डको नामबाट राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार