मंग्सिर १, २०८२ सोमबार November 17, 2025

हवाई टिकटको मूल्य नेपाली र विदेशीलाई समान बनाउन सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाएको हो ।

नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको छ ।
हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव कार्यदलको रहेको छ । सरकारले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविध विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले डलर भाडा हटाएर समान भाडादर कायम गर्न सुझाव दिएको हो ।

नेपालमा आन्तरिक वायुसेवा कम्पनीले नेपाली र विदेशीका लागि फरक–फरक भाडा लिन्छन् । विदेशीहरु धेरै महंगो भाडा तिरेर हवाई यात्रा गर्न आकर्षित हुँदैनन् । त्यसकारण उनीहरु बाध्यता नपरेसम्म हवाई यात्रा गर्दैनन् । काठमाडौंबाट सुगम र नजिकका गन्तव्यमा मात्र गएर घुमघाम गरी फर्कने प्रवृत्ति उनीहरुमा हुन्छ । यसले पर्यटन विकासमा नै प्रभाव पार्ने निश्कर्ष कार्यदलको रहेको छ ।

पर्यटकबाहेक विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा कार्यरत कूटनीतिक तथा विदेशी नागरिकले समेत असमान भाडादरमा चासो राख्ने गरेका छन् । नेपालले भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा डलर भाडा घटाउने घोषणा गरी पर्यटकलाई प्याकेज दिन पर्यटन व्यवसायीले माग गर्दै आएका छन् । तर, वायुसेवा सञ्चालक भने डलर फेयर हटाउन नहुने पक्षमा रहेका छन् । त्यसबाट मुनाफा घट्ने र सेवा सञ्चालनमै कठिनाई हुने दावी कम्पनीहरुको रहेको छ ।

कार्यदलले १३ मंसिर २०७६ मा ट्राभल एजेन्सीबाट विभिन्न रुटको भाडादर मागेर विश्लेषण गरेको थियो । त्यसअनुसार विदेशीलाई हवाई भाडा नेपालीलाई भन्दा तेब्बरसम्म बढि गरिएको पाइएको छ ।

कार्यदलले हवाई भाडादर खुला बजारले निर्धारण गर्ने सिद्धान्त अनुरुप नेपाली र विदेशीलाई दुई प्रकारको भाडातर कायम नगर्न सुझाव दिएको छ । यस्तो भाडादर बजार संयन्त्रलाई खुला छाड्ने र प्रगतिशील अवधारणामा एकल हवाई भाडादरको नीति लिन उपयुक्त हुने सुझाव प्रतिवेदनमा दिइएको छ । अब आन्तरिकतर्फ विदेशीका लागि पनि भाडामा अधिकतम सीमा तोक्नुपर्ने सुझाव दिइएको छ ।

नेपालीका लागि भने सरकारले अधिकतम र न्यूनतम भाडा तोकिदिएको हुन्छ । सोही सीमाभित्र रहेर कम्पनीहरुले भाडा लिन पाउँछन् ।

विदेशीका लागि लिने भाडामध्ये ठूलो रकम टूर तथा टिकेटिङ एजेन्सीले लैजाने गरेका छन् । आन्तरिक उडानमा टिकट बेच्दा हवाई कम्पनीले टूर तथा टिकेटिङ एजेन्सीलाई ५० देखि ६० प्रतिशतसम्म कमिसन दिने गरेको भन्दै त्यस्तो कमिसन २० प्रतिशतमा झार्न सुझाव दिइएको छ ।

त्यसका लागि कानूनी प्रावधान नै आवश्यक हुन्छ । कार्यदलले आन्तरिकमा तराई भेगका विमानस्थलमा तत्काल हवाई भाडादर पुनरावलोकन गरी स्वदेशी र विदेशीको समान बनाउन र अन्य दुर्गम भेगका विमानस्थलमा भने आगामी ३ वर्षभित्र समान भाडादर कायम गर्न सुझाव दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार