असार २५, २०८२ बुधबार July 9, 2025

बन्दुक हिंसा नियन्त्रणका लागि न्यूयोर्क प्रशासनको कार्यकारी आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिका घना जनसङ्ख्या भएको न्यूयोर्क राज्यमा बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि स्थानीय सरकारले आपतकालीन कार्यकारी आदेश जारी गरेको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यो सँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो अमेरिकी राज्य बनेको छ ।

कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गभर्नर क्युमोको कार्यालयका एक अधिकारीले बताउनुभएको छ । गत ४ जुलाईको साप्ताहिक बिदामा न्यूयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोलीकाण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा देशैभरि गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै दुई सयभन्दा बढी यस्ता घटना घटेका एफबीआईको रिपोर्टमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्न बन्दुक आपूर्ति र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणानीति अघि सार्नुभएको थियो ।

खोप लगाउन राष्ट्रपति बाइडेनको नागरिकसँग आग्रह

यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गर्नुभएको छ । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भएपनि खोप अभियानलाई सम्पनन गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उहाँले बताउनुभएको छ ।

जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो मात्रा खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले घरदैलो कार्यक्रम शुरु गरिसकेको छ ।

अति सङ्क्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।

बाइडनले भन्नुभयो, “अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।”

अमेरिकीहरूबीच खोप अभियानबारे सकारात्मक तथा नकारात्मक दुबै बुझाई रहेको पाइन्छ । सरकारको यस कार्यक्रमको आलोचकहरुले खोपको विश्वसनियातामाथि अविश्वास प्रकट गर्न पाउने बताएका छन् । सरकारले खोप उपलब्ध गराउनुपर्ने तर लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता दिनुपर्ने कोभिड–१९ विरूद्धको खोपका आलोचकहरूको भनाइ रहेको छ ।

अमेरिकामा केही रिपब्लिकन सांसद र सदस्यहरू धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै उनीहरूले घर घर आउनेहरुलाई वेवास्ता गर्ने बताएका छन् । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार