श्रावण १, २०८२ बिहिबार July 17, 2025

जीवन विकास लघुवित्तको आईपीओको नतिजा सार्वजनिक ? तपाँईको पर्यो की ? यसरी हेर्नुस् नतिजा..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज सम्पन्न भएकाे छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा बिहान ९:३० बजे सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । ग्रोलाप्रथाबाट आईपिओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमध्ये, १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ता पाए । त्यस्तै बाँकी करिव ९२ प्रतिशत भन्दा धेरै अर्थात् १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली भएको छ  ।

आईपीओकाे नतिजा विभिन्न ४ ठाउँबाट हेर्न सकिन्छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट (http://jeevanbikasmf.com/),

एनएमबि क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.nmbcl.com.np/),

सिडीएसले आईपीओकाे नतिजा हेर्न सञ्चालन गरेकाे वेभसाइट (https://iporesult.cdsc.com.np/)

मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।अर्थ संसारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया