असार २८, २०८२ शनिबार July 12, 2025

निषेधाज्ञा खुकुलोसँगै बढ्न थाल्यो सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निषेधाज्ञा खुकुलो भएसँंगै कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विगत २४ घण्टामा झन्डै तीन हजार जनामा सङ्क्रमण देखिएको छ । प्रत्येक दिन दुई हजार जनाको हाराहारीमा सङ्क्रमण झरिसकेको अवस्थामा दैनिक क्रमशः बढ्दै गई तीन हजारको हाराहारीमा पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप दुई हजार ९८९ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि निषेधाज्ञा खुकुलो पार्दै लगेको थियो । यातायात सुचारु गरेसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे निषेधाज्ञा खुलाउन सरकारले हतार गरेको बताउनुभयो ।

एक हजार-एक हजार पाँच सयको सङ्ख्यामा घटिसकेको सङ्क्रमण यातायातलगायत बजार पसल खुलेसँंगै बढेको जानकारी गराउँदै उहाँले दैनिक तीन हजारको हाराहारीमा सङ्क्रमण पुष्टि हुनुलाई घटेको भन्न नमिल्ने र जनस्वास्थ्यको मापदण्डबिना चललपहल बढ्नु ठीक नभएको बताउनुभयो ।

दोस्रो लहरको सङ्क्रमण चरमबिन्दुमा पुगेका बेला एक महिनाअघि दैनिक नौ हजार चार सयसम्म कोरोना सङ्क्रमित पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा सात हजार ८३५ जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ९७९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ९० हजार ९७४ पुगेको छ ।

नौ जिल्लामा बढी सङ्क्रमण

नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । देशभर सक्रिय सङ्क्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा देशभर एक लाख १७ हजारसम्म सक्रिय सङ्क्रमित पुगेका थिए । बुधबार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना सङ्क्रमित उपचाररत रहेका छन् । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार