असार २५, २०८२ बुधबार July 9, 2025

दक्षिण अफ्रिकाका पूर्ब राष्ट्रपति ज्याकब जुमाद्धारा प्रहरी समक्ष आत्मसमर्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको अवहेलना मुद्दामा उहाँलाई १५ महिनाको कैद सजाय सुनाइएको थियो । प्रहरीले सम्पर्कमा नआए गिरफ्तार गर्ने भनिरहँदा ७९ वर्षीय जुमाले आत्मसमर्पण गर्नुभएको हो ।

बीबीसीका अनुसार बुधबार नै उहाँलाई क्वाजुलु नाटल प्रान्तस्थित आफ्नो निबास नजिकको कारागार चलान गरिएको छ । भ्रष्टाचारको आरोप खेपेका जुमालाई गत् साता अदालतले उपस्थित हुन आदेश दिएको थियो । अदालतको सोधपूछ गर्ने सम्बन्धी आदेशको पालना नगर्दा उहाँलाई १५ महिना जेल सजाय तोकिएको थियो ।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति जेल गएको यो पहिलो अवसर हो । निर्णय गर्ने प्रकृयालाई प्रभावित पार्न ब्यापारीहरुसँग साँठगाँठ गरेको पूर्व राष्ट्रपति जुमामाथि आरोप लगाइएको छ । तर उहाँले उक्त आरोप राजनीतिबाट पूर्बाग्रही भएको दाबी गर्दै आउनुभएको छ ।

सन् २०१८ मा जुमालाई उहाँ आबद्ध रहेको दल अफ्रिकी नेशनल कँग्रेसले राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिन लगाएको थियो । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार