श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुनको मूल्य बढेको बढ्यै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा बिहीवार पनि सुनको मूल्यमा वृद्धि भएको छ । बुधवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सय रुपैयाँले वृद्धि भएको हो ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेकोमा आज मूल्य बढेर प्रतितोला ९२ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

बुधवारको तुलनाका बिहीवार प्रतितोला चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । बुधवार चाँदीको मूल्य १३ सय २० रहेकोमा आज १३ सय १० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया