असार २८, २०८२ शनिबार July 12, 2025

निष्कर्षहीन बैठकः नेताहरुको कृत्रिम अभिव्यक्ति-‘छलफल सकारात्मक’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।

नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको हो ।

सिंहदरबारमा बिहीबार कार्यदलको बैठक एकै दिन दुईपटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरूले जनाएका छन् । छलफल जारी रहेको र शुक्रबार पुनः छलफल हुने नेताहरूले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झुट बोल्न थालेकाले उनीहरू ‘पेन्डु्लम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष छ ।

नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरे । छलफल जारी रहेको र शुक्रबार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताए । ‘छलफल जारी नै छ, हामी विश्वस्त छौं कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पु¥याउनेछ, हामी शुक्रबार पुनः बैठक बस्नेछौं,’ नेम्वाङले भने ।

यसअघि बिहीबार नै बसेको पहिलो बैठकपश्चात् साँझ बस्ने अर्को बैठकबाट सहमतिका साथ निष्कर्षमा पुग्ने जानकारी नेम्वाङले गराएका थिए । तर कार्यदलको बैठक निरन्तर जारी रहेको भए पनि सहमति जुट्न सकेको छैन ।

एमालेका उपमहासचिव एवं कार्यदलका सदस्य घनश्याम भुषालले कार्यदलभित्र कुनै सहमति हुन नसकेको बताए । विगत १० दिनअघि एमालेमा जुन विवाद थियो त्योभन्दा अघि थप कुनै प्रगति नभएको उनले बताए । बिहीबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि थप छलफल अगाडि बढ्न सकेन । एमाले उपमहासचिव समेत रहेका उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुपर्ने कारणले कार्यदलको बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।

‘हामी १० दिनअघि जहाँ थियौं, आज पनि त्यही छौं । १० दिन अघि केही एजेन्डाहरू तय गरेका थियौं । विभिन्न कारणले हामी ठोस र मूर्त योगदान गर्न सकेका छैनौं । कुनै प्रगति भएको छैन,’ भुषालले भने ।

बिहीबारसम्म आइपुग्दा पार्टीभित्र देखिएको विवाद समाधान उन्मुख भएको र त्यसलाई मूर्तरूप दिनुभन्दा अघि शीर्ष नेताबीचसमेत छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार राति छलफल भएको थियो । ओली र नेपालबीच भएको छलफलमा समेत कुनै सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिहीबार पुनः बस्यो । तर, कार्यदलबीच समेत सहमति जुट्न नसको बैठक लम्बिँदै गएको छ ।

ओली सर्वोच्च अदालतको फैसला अघि नै नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडानमा छन् । हस्ताक्षर फिर्ता नभए अदालतको फैसला स्वीकार गर्दै त्यसपछि पनि आफू नेतृत्वकै सरकारको निरन्तरता हुनुपर्नेमा नेपाल समूहको प्रतिबद्धता आउनुपर्ने ओलीको अडान छ ।

तर, नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भन्दै अदालतको फैसलाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । नेपाल पार्टी एकतापश्चात् आफू निकटका नेताहरूको अवस्था सुरक्षित होस् भन्ने रणनीतिमा छन् । एक व्यक्ति एक प्रमुख जिम्मेवारी हुनुपर्ने अडानमा नेपाल छन् । साथै पार्टीको आधिकारिक पत्र एवं निर्णय सहमतिमा हुनुपर्ने र त्यस्तो पत्रमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने सर्त नेपालले राखेका छन् । त्यसमा ओली सहमत हुन सकेका छैनन् ।

अन्य विषयमा कार्यदल सहमतिनजिक पुगे पनि ओली र नेपालले हस्ताक्षरसहित घोषणा गर्ने पार्टी एकताको वक्तव्यमा उल्लेख हुने साझा भाषाको खोजीमा रहेको एमाले स्रोतले जनाएको छ । ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठनहरूको सञ्चालन गर्ने विषयमा सहमत छन् । यस्तै केन्द्रीय कमिटीको संख्या र एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै सहमति हुन नसकेको कार्यदलका एक सदस्यले बताए ।

पार्टी नेताकार्यकर्ताको दबाबमा शीर्ष नेता कार्यदललाई सक्रिय बनाउँदै पार्टी एकता जोगाउनमा सक्रिय हुँदै आइरहेका छन् । कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् । -राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार