असार २८, २०८२ शनिबार July 12, 2025

सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय – थापाको बढुवासँगै एकल प्रतिस्पर्धाको अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बढुवा समितिले असार १४ मा थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो ।

डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै विश्वराज पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिनुभएको छ । हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउँदै हुनुहुन्छ ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलको दबाबमा विश्वराज पोखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो । तर, थापाको बढुवासँगै एकल प्रतिस्पर्धाको अन्त्य भएको छ ।

गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो । सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान छ ।

नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार