असार २५, २०८२ बुधबार July 9, 2025

जापानद्धारा ताइवानलाई ११ लाख ३० हजार खोप प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए । जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताए ।

अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वभावित दायित्व अन्गर्तत पर्ने पनि उनले उल्लेख गरेका छन् । उनले जापानले दिएको खोपले ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणकालागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

जापानले ताइवानलाई यसअघि जुन ४ तारिखका दिन पनि अष्ट्राजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो ।

चीनसँग जापान र ताइवानको सम्वन्ध कमजोर हुदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्नेगरी सहयोग गरेको हो । रासस- एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार