जेठ ६, २०८१ आइतबार May 19, 2024

‘विप्लव’ नेकपाका स्थायी समिति सदस्य ओली अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली अस्पताल भर्ना भएका छन् । नेता ओलीको अचानक मुटुमा समस्या देखिएपछी  उनलाई गंगालाल अस्पताल लगिएको हो।

चैत १० गते काभ्रेमा पक्राउ परेका ओलीलाई नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएको अभियोगमा ललितपुर जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

विप्लव नेकपाका स्थायी कमिटी सदस्य ओली, सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित नख्खु विस्फोटमा संलग्न तीनजना काभ्रेबाट पक्राउ परेका थिए ।

नक्खु कारागारमा रहेका ओलीलाइ आज गंगालाल हिर्दय केन्द्रमा भर्ना गरियको हो । ‘विप्लव’ समुह ले दुई वर्ष भूमिगत राजनीतिपछि सार्वजनिक हुँदै गर्दा सरकारसँग यो समूहले तीन बुँदे सहमति संगै स्वतन्त्र भएपनी आफ्ना कार्यकर्ता रिहा नभएको भन्दै असन्तुष्टी प्रकट गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया