असार २८, २०८२ शनिबार July 12, 2025

अटो, बोलेरोदेखि ट्रकमा समेत गाँजा ओसारपसार, सुधार केन्द्रमै फेला प-यो गाँजा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ । यता, गाँजा लगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग-यो ।

दैनिक डेढ क्विन्टलसम्म गाँजा बरामद

गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११ थाना भ-याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले चलाखीपूर्वक कन्टेनर भुटनदेवी मोडमा पु¥यायो । तर, सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेका १२ पोका अर्थात् ९६ किलो ४ सय ग्राम गाँजा र तस्करीमा संलग्न पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लियो ।

यसपटक बरामद गरेको गाँजा र तस्करमा संलग्नबारे अनुसन्धान गर्दागर्दा प्रहरीले भोलिपल्ट अझै ठूलो परिमाणमा उसैगरी ट्रकमा लोडगरी ल्याइएको गाँजा फेला पा¥यो । अघिल्लो दिन ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलिपल्ट बिहीबार १ सय ४३ किलो अर्थात् झन्डै डेढ क्विन्टल गाँजा बरामद ग¥यो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अघिल्लो बिहीबार १ सय ४३ किलो ३ सय ग्राम लागूऔषधसहित तीन जना युवालाई प्रकाउ ग-यो । विशेष सूचनाका आधारमा मनहरीबाट हेटांैडातर्फ आइरहेको ना१ख ९९१० नम्बरको कन्टेनर गाडी हेटौंडा उपमहानगर–११ थाना भ-याङस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा चेकजाँच गर्दा चालक सिटपछाडि फल्स बटम बनाइ लुकाइछिपाइ ल्याएको १२ वटा पोकामा लागूऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीले गाडी चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सहचालक वडा नम्बर ८ मानेश्वरा बस्ने बस्ने २४ वर्षीय सोमे तामाङ र सोही गाडीमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ गल्छराङ बस्ने १८ वर्षीय सविन तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पछिल्लो साता दैनिक गाँजा बरामद गर्दै आएको प्रहरीले १ सय ७८ किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार बिहीबार १ सय २० किलो ९ सय ग्राम गाँजा, बोलेरो पिकअप गाडीबाट नियन्त्रणमा लिएको हो ।

मकवानपुर जिल्ला हेटौंडा उपमहानगर–५ रिलायन्स बोडिङ् स्कुल अगाडि प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीबाट गाँजा बरामद गरेको हो ।

प्रहरीको मोबाइल गाडी देखेपछि चालक पिकअप गाडी रोकी फरार भएको प्रहरीले जनाएको छ । सोही दिन ५७ किलो ९ सय ग्राम गाँजा, बोलेरो पिकअप गाडीबाट बरामद गरेको छ । गाँजासँगै दुई युवा प्रहरी नियन्त्रणमा छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ पिपल चौतरा पूर्वपश्चिम सडकखण्डस्थित चितवनबाट बारा जाँदै गरेको ना४च ५०१५ नम्बरको बोलेरो पिकअप गाडीबाट सो परिणममा गाँजा बरामद गरेको हो ।

चालक चितवन जिल्ला राप्ती नगरपालिका–६ बस्ने २६ वर्षीय सञ्जय चौधरी र सोही गाडीमा सवार ४८ वर्षीय लालजी साहलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

यसैगरी, अवैध लागूऔषध गाँजा तस्करी गर्न प्रयोग गरिएको अटोसहित तीन युवालाई जिल्ला प्रहारी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौंडा आउँदै गरेको अटो नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना२ह ३४६८ नम्बरको अटो चेकजाँचक्रममा अटोभित्र लुकाइल्याएको गाँजा १० किलो ७ सय ४० ग्राम फेला परेको थियो । अटोचालक मकवानपुर राक्सिराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय सुदीप मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको मकवानपुर प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

सुधार केन्द्रमै फेला प-यो गाँजा

लागूऔषध प्रयोगकर्तालाई लत छुटाउन सेवा प्रदान गर्दै आएको हेटौंडा–९ स्थित दीपकला सुधार केन्द्रमै गाँजा भेटिएको छ । आइतबार नै मकवानपुर प्रहरी र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको अनुसन्धान टोलीले हेटौंडा–९ लामसुरेबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा–९ स्थित दीपकला प्रतिष्ठान सुधार केन्द्रमा अनुगमन क्रममा सञ्चालक बस्ने कोठा तलासी गर्दा अवैध गाँजा भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको छ । केन्द्र सञ्चालक मकवानपुर हेटौंडा–४ का ३५ वर्षीय राजीव नरसिंह श्रेष्ठ र हेटौंडा–९ बस्ने २८ वर्षीय जोएल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लामै गाँजा उत्पादन

मकवानपुर लागूऔषध गाँजा उत्पादनको ‘हब’ मानि“दै आएको छ । लगातार प्रहरीले बरामद गरेको गाँजा जिल्लाकै पश्चिमी क्षेत्रमा उत्पादित हुन सक्ने आशंका गरिएको छ ।

जिल्लाको पश्चिम क्षेत्र कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाको धेरैजसो क्षेत्रमा गाँजा खेती हुने गरेको छ । प्रहरीले ब्याडमै पुगेर गाँजा नष्ट गर्ने अभियान चलाउँदासमेत हरेक वर्ष उत्पादनमा कमी आएको छैन ।

विकट पाखोबारीमा व्यावसायिक रूपमा गा“जाखेती गरि“दै आएको छ । स्थानीय सरकार तथा प्रशासनले गाँजा खेतीको विकल्पको खोजी नगर्दा र भरपर्दा आधार तय गर्न नसक्दा कृषक गाँजा खेती उन्मुलनमा तयार देखिएका छैनन् । जसका कारण प्रत्येक वर्ष ग्रामीण भेगका युवा गाँजा तस्करको ‘केस’मा कारागार पुग्ने गरेका छन् ।

कोरोनका कारण निषेधाज्ञा जारी गरेपछि ठूला गाडी सञ्चालनमा रोक लगाइएको थियो । तर, गत १ असारबाट निषेधाज्ञामा केही खुकुलो पारिएसँगै सबैखाले सवारीमा गाँजा तस्करी बढेको छ ।

प्रहरीको ड्युटीमा शंका

जिल्ला प्रहरी कार्यालयका अनुसार ना२ख ५५७९ नम्बरको कन्टेनर ट्रकमा गाँजा लोड गरेर मकवानपुर मनहरी गाउँपालिका हु“दै हेटौंडा आइपुगेपछि नियन्त्रणमा लिइएको थियो । जबकि यसबीच आधा दर्जन प्रहरी चेक प्वाइन्ट छन् ।

मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित प्रहरीचौकी, इलाका प्रहरी कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवटसमेत पार गरेर हेटौंडा आइपुगेको गाँजा प्रहरीले नियन्त्रण गरेपछि ड्युटीबारे शंका गर्न थालिएको छ ।

सो कन्टेनरबाट गाँजासहित पक्राउ पर्नेमा कन्टेनर चालक मनहरी गाउँपालिका–६ का २५ वर्षीय सन्तोष आलेमगर, सहचालक सोही स्थानका २१ वर्षीय मोसा घलान छन् ।

यसैगरी, कैलाश गाउँपालिका–८ का २४ वर्षीय उमेश लामा र सोही वडाका २९ वर्षीय रोशन मुक्तान र चितवन राप्ती नगरपालिका–२ का ३१ वर्षीय विष्णु लामा पक्राउ परेका थिए ।

निषेधाज्ञाको फाइदा उठाएर प्रहरी ‘सेटिङ’ मिलाउँदै गाँजा ओसारपसार भएको अनुमान गरिएको छ । यद्यपि, यसबारे प्रहरीले अनुन्धान जारी राखेको छ ।

युवा तस्कर हुन् कि भरिया ?

प्रहरीले गाँजा तस्करमा सहभागी भएको आधारमा दैनिक औसत तीन जनासम्मलाई नियन्त्रणमा लिने गरेको छ । लागूऔषध कारोबार गरेको आधारमा उनीहरूलाई कानुनी कारबाही हुनेछ । ‘युवावर्गको सहभागिता किन गैरकानुनी क्षेत्रमा बढ्यो ?,’ भन्नेमा गम्भीर प्रश्न उठेको छ ।

शैक्षिक बेरोजगार बढ्दा र कोरोना महामारीका कारण नियमित आयआर्जनमा समस्या भएपछि युवा गाँजा तस्करमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

के छ कानुनी प्रावधान

लागूऔषध नियन्त्रण–ऐन, २०३३ अनुसार गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चयकर्तालाई परिमाण हेरेर ३ महिनादेखि १० वर्षसम्म कैद वा ३ हजार देखि १ लाख रुपैयाँसम्म जरिमाना हुने प्रावधान छ ।

ऐनअनुसार ५० ग्रामसम्मको गाँजा भए तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिमाना सजाय हुन सक्नेछ । ५० ग्रामदेखि ५ सय ग्रामसम्मको भए एक महिनादेखि एक वर्षसम्म कैद र १ हजार रुपैयाँदेखि ५ हजारसम्म जरिमाना हुनेछ ।

यसैगरी, ५ सय ग्रामदेखि दुई किलोग्रामसम्मको भए ६ महिनादेखि दुई वर्षसम्म कैद र २ हजार रुपैयाँदेखि १० हजारसम्म जरिमाना हुन्छ । दुई किलोग्रामदेखि १० किलो (ग्रामसम्मको भए एकवर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजारसम्म र १० किलोग्रामदेखि माथि जतिसुकै भए पनि दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिमाना हुने प्रावधान छ । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार